कैलाली र कञ्चनपुरमा रात्रिकालिन लकडाउन, सवारी साधनमा जोरबिजोर प्रणाली

धनगढी / कैलाली र कञ्चनपुरमा आजदेखि ‘नाइट लकडाउन’ जारी हुने भएको छ ।
दुबै जिल्लाका प्रमुख जिल्ला अधिकारीको उपस्थितीमा भइरहेको अन्तर जिल्ला बैठकले यस्तो निर्णय गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए ।
‘राति ८ बजेदेखि विहान ५ बजेसम्म हिडडुलमा प्रतिवन्द लगाउने सहमती भएको छ,’ उनले भने, ‘यो निर्णय आजैदेखि कार्यान्वयन हुन्छ ।
नाइट लकडाउन भन्दा हुन्छ ।’ उनका अनुसार रातिको समयमा हिडडुलमा प्रतिवन्द लगाउने निर्णय कार्यान्वयन नभए दुई/तीन दिनभित्रै पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरिनेछ ।
यस्तै दुबै जिल्लामा भोलिदेखि सार्वजनिक सवारी साधन जोरविजोर प्रणालीमा सञ्चालन गर्ने, जिल्लाका सबै शैक्षिक संस्था बन्द गर्ने र भारतमा सामान खरिदका लागि आवागमन बन्द गर्ने पनि सहमती भएको छ ।