देशभरका विद्यालय अनिश्चिकालका लागि बन्द

काठमाडौं । देशभरका विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् । दोस्रो लहरको कोरोना महामारी भयावह बन्दै गएपछि सरकारले देशभरका विद्यालय अनिश्चितकालसम्मका लागि बन्द गराएको हाे ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले सीसीएमसीको सिफारिसअनुसार अर्काे निर्णय नहुँदासम्म मुलुकभरकै शिक्षालय बन्द राख्ने निर्णय गरेको हो । यसअघि भने शहर र संक्रमण बढी फैलिएका क्षेत्रका विद्यालय मात्र बन्द गरिएका थिए ।

अबदेखि विद्यालयहरूलाई भर्चुअल (अनलाइन) माध्यमबाट मात्रै कक्षा सञ्चालन गर्न सरकारले निर्देशन दिएको एक मन्त्रीले जानकारी दिए । त्यस्तै सबै प्रकारका परीक्षा पनि गर्न सीसीएमसीले गरेको सिफारिस पनि मन्त्रिपरिषद्को बैठकले पारित गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button