लकडाउन भएपनि हवाइ उडान चालु रहने

काठमाडौं । बिहीबारदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएपनि आन्तरिक हवाइ उडान भने चालु हुने छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले गरेको सिफारिस अनुसार मन्त्रिपरिषद् बैठकले आन्तरिक हवाइ उडान चालु राख्ने निर्णय गरेको हो।

तत्कालका लागि आन्तरिक हवाई उडान नरोक्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए। हवाई यात्रा गर्ने यात्रुले तोकिएको स्वास्थ्य मापदण्ड भने पूरा गर्नुपर्ने छ ।

अन्तर्राष्ट्रिय उडानमा यात्रा गर्नका लागि भने तोकिएको ल्याबबाट पीसीआर परीक्षणको रिपोर्ट लिनुपर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button