गण्डकी प्रदेश सभा विशेष अधिवेशनको दोस्रो बैठक आज

कास्की । गण्डकी प्रदेश सभाको सोमबारदेखि जारी विशेष अधिवेशनको दोस्रोे बैठक आज दिउँसो बस्दै छ।

आज मध्यान्ह १२ः१५ बजे बैठक बस्न लागेको हो । आजको बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले हिजोको बैठकमा सांसदहरुले उठाएको प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको छ।

यसअघि सोबारको बैठकमा मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वसकोे प्रस्ताव टेबल भएको थियो । विशेष अधिवेशनको पहिलो दिन दलका सांसदहरुले आफ्ना धारणा राखेका थिए।

मुख्यमन्त्रीको जवाफपछि अविश्वासको प्रस्तावमाथि मतदान हुनेछ। कार्यसूची अनुसार आज मतदान हुन नसके बुधबार मतदान हुने बताइएको छ।

गुरुङलाई मुख्यमन्त्रीबाट हटाउन प्रतिपक्षमा रहेका तीन दलले वैशाख २ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button