कञ्चनपुरको गड्डाचौकी नाकाबाट भारत जान रोक

महेन्द्रनगर / कञ्चनपुरको गड्डाचौकी नाकाबाट भारत जान रोक लगाइएको छ । भारतमा कोरोना सङ्क्रमण बढ्दै गएका बेला कञ्चनपुरका स्थानीय प्रशासनले सोमबारदेखि नेपाली नागरिकलाई भारत जान रोक लगाएको हो ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक जीवन गुरुङले आइतबार बेलुकीदेखि नै भारत जाने क्रम न्यून रहेको बताए। उनले भारतबाट भने नेपालीहरुलाई गड्डाचौकी नाकाबाट स्वदेश फिर्ता हुन दिइएको बताए ।

“अहिले यो नाकाबाट दैनिक ५ देखि ७ सय जना स्वदेश फर्किरहेका छन”, प्रहरी नायब निरीक्षक गुरुङले भने, “आउनेहरुको नाकामा स्वास्थ्य परीक्षण पनि भइरहेको छ ।” स्थानीय प्रशासनले आंशिक बन्दाबन्दी (लकडाउन) गर्ने विषयमा गृहकार्य गरिरहेको छ । त्यस्तै, यहाँका स्थानीय तहहरुले पनि कोरोना सङ्क्रमण बढ्न थालेपछि कार्यपालिकाको कामकाज बन्द गरिरहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button