कैलाली, कञ्चनपुरमा लकडाउन गर्ने तयारी

कोरोना संक्रमणको अवस्था भयाभह भइरहेको भन्दै कैलालीमा लकडाउन गर्ने तयारी थालिएको छ।

कोरोना संक्रमण तिव्र रुपमा बढ्न थालेपछि कैलालीमा लकडाउन गर्ने तयारी थालिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले संकेत गरेका छन्। मंगलबार रिजालले हामीसँग टेलिफोनमा कुराकानी गर्दै उनले लकडाउन गर्ने तयारी गरिरहेको बताएका हुन।

‘कोरोनाको संक्रमण तिव्र रुपमा बढीरहेको छ। त्यसैले यसलाई कम गर्न आज व्यवसायी र राजनीतिक दलहरुसँग छलफल गरेर जिल्लामा लकडाउन गर्ने निर्णय गर्छौ’ उनले भने, सम्भवतः एक साता लकडाउन गर्नसक्ने निर्णय मंगलबार साँझसम्म आउने उनले बताएका छन्। यस्तै कञ्चनपुरमा पनि अवस्था हेरेर लकडाउन गर्न सकिने त्यहाँका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताएका छन्।

सोमबारदेखि कैलाली र कञ्चनपुरमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ। कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीको उपस्थितीमा भएको अन्तर जिल्ला बैठकले कैलाली र कञ्चनपुरमा आजदेखि रात्रिकालिन लकडाउन गरिने निर्णय गरेको थियो। सो अवधिमा अति आवश्यक बाहेकका सबै काम बन्द गर्ने गरि निर्णय भएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button