स्वास्थ्य मन्त्रालयको आग्रह : तोकिएभन्दा बढी पिसिआर परीक्षण शुल्क नलिनु

मन्त्रालयले आज सूचना जारी गर्दै केही निजी प्रयोगशालाले तोकिएभन्दा बढी पिसिआर परीक्षण शुल्क उठाएको गुनासो आएपछि थप शुल्क नलिन आग्रह गरेको हो ।
सरकारले सरकारी प्रयोगशालाका लागि १ हजार र निजी प्रयोगशालाका लागि २ हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ ।
मन्त्रालयले तोकिएभन्दा बढी शुल्क लिएको पाइएमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामार्फत त्यस्ता प्रयोगशालालाई परीक्षणको सूचीबाट हटाइनेसमेत चेतावनी दिएको छ ।
