कैलाली र पर्सामा बिहिबारदेखि एक हप्ताका लागि निषेधाज्ञा

काठमाडौं । कैलालीमा एक हप्ताका लागि लकडाउन हुने भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ।

सो अवधिमा अत्यावश्यक सेवा मात्रै सञ्चालन हुनेछन्। यस्तै, पर्सामा पनि आउँदो बिहीबारदेखि निषेधाज्ञा लागू हुने भएको छ।

मंगलबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले बिहीबार बिहान ४ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो।

आदेशको उल्लंघन भए कडा कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय पर्साले चेतावनी दिइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button