लकडाउन घोषणा भएपछि सेयर बजारमा हरियाली, एकैदिन ९२ अंकको वृद्धि

सरकारले बिहिबार अर्थात १६ गतेबाट उपत्यका सहित बढी संक्रमित भएका ठाँउमा निषेधाज्ञा गर्ने जनाएको छ। लकडाउन हुने भएपनि यसबीचमा नेप्सेले भने कार्यालय बन्द नगर्ने स्पष्ट पारेको छ।
ब्रोकरहरुलाई सबैकाम अनलाइनबाट गर्न नेप्सेले हिजो ७ बुँदे निर्देशन जारी गरेको छ। लकडाउनको घोषणा भएपछिको पहिलो दिन आज नेप्सेमा हरियाली देखियो। हिजोको भन्दा नेप्से आज ९२ अंकले बढेको छ।
नेप्से आज ९२.४६ अंकले बढेर २५९९.०८ को बिन्दुमा पुगेको छ। ‘क’ बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि आज ३.२० प्रतिशतले बढेको छ।
यसदिन नेप्सेका सबै उपसमूह बढ्दा १२ कम्पनीको सेयरमूल्य सर्वाधिक १० प्रतिशतको हाराहारीले बढेको छ। यी हुन आज सबैभन्दा धेरै कमाउने कम्पनी
आज नेप्सेमा ५ अर्बमाथिको कारोबार भयो। सबैभन्दा धेरै आज अपर तामाकोशीको सेयर किनबेच भएको छ।
