माडीको बगहीँ बसपार्कमा हेल्थ हेल्प डेस्कको स्थापना, अनिवार्य मास्क लगाउन आग्रह

डिलकुमारी नेपाल, चितवन । चितवन माडीका मुख्य बजारमा सुरक्षाकर्मीहरुले मानिसहरुलाई घर बाहिर अत्यावश्यक कामले निस्कनै पर्दा अनिवार्य मास्क लगाउन अनुरोध गरेको छ।

प्रहरीहरुसंगै नगरस्तरिय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समिति, माडीका अभियन्ताहरुले ‘मास्क लगाउने तथा स्वास्थ्य मापदण्ड पालना गर्ने’ लाई धन्यवाद दिने अभियान अन्तर्गत मास्क लगाउन अनुरोध गनुभएकाे हाे । पूर्वी माडीको बगहीँबाट सुरु भै सो अभियान बरुवा पश्चिमसम्मै पुगेको थियाे। यसैबिच, माडी-९ बगहीँस्थित बसपार्कमा हेल्थ हेल्प डेस्क समेत स्थापना भएको छ ।

डेस्कमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु खटिने र उनीहरुले ठोरी तथा बाँदरझुला क्षेत्रबाट बस वा पैदल यात्रा सबैलाई माडी प्रवेश गर्नेहरुको स्वास्थ्य जाँच गर्ने बताईएकाे छ । यसअघि कोरोनाको पहिलो लहरको समयमा समेत बगहीँमा हेल्थ डेस्क सञ्चालन गरिएकाे थियाे । अहिलेको समयमा सबै जना घरमा सुरक्षित बसी स्वास्थ्य मापदण्ड पालना गरी काम कार्य गर्नुपर्ने उपमेयर ताराकाजी महताेले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button