सर्वोच्चद्वारा पत्रकार तामाङ र लामालाई पक्राउ गर्नुपर्ने कारण देखाउ आदेश जारी

काठमाडौं । उज्यालो नेटवर्क अनलाइनका कार्यकारी सम्पादक र महा–प्रबन्धकलाई पक्राउ गर्नुपर्ने कारण देखाउ आदेश जारी भएको छ ।
सर्वोच्च अदालतले कार्यकारी सम्पादक अनिश तामाङ र महा–प्रबन्धक प्रभात लामा पक्राउविरुद्धमा परेको रिटमा पक्राउ गर्नुपर्ने कारण देखाउ आदेश गरेको छ ।
न्यायाधीश अनिलकुमार सिन्हाको इजालासले कारण देखाउ आदेश जारी गरेको अदालतले जनाएको छ ।
प्रभात लामा भन्ने दुर्गालाल लामासमेतको हकमा पत्रकार महासंघ ललितपुरले हालेको बन्दीप्रत्येक्षीकरण रिटमा अदालतले ४८ घण्टाभित्र लिखित जवाफ पेश गर्न गृह मन्त्रालयका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।
तामाङलाई आइतबार उज्यालो नेटवर्कको कार्यालयबाट पक्राउ गरेको थियो ।