बैतडीः झुलाघाट नाकामा कोरोना परिक्षण गर्दागर्दै स्वास्थ्यकर्मी नै संक्रमित

बैतडीमा स्वास्थ्यकर्मी सहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झुलाघाट नाकामा एन्टीजेन परिक्षण गर्दै आएका एक जना स्वास्थ्यकर्मी सहित बैतडीमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

एन्टीजेन बिधिबाट ३ जना र पिसिआर बिधिबाट गरिएको परिक्षणबाट १७ जना गरी २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

आज कोरोना पुष्टि हुनेमा सिमानाका झुलाघाटको हेल्थ डेस्कमा काम गर्ने एक जना स्वास्थ्यकर्मीसँगै झुलाघाटकै भन्सार कार्यालयमा काम गर्ने कर्मचारी एक जना, बिद्युत बितरण केन्द्रमा काम गर्ने एक जना कर्मचारी रहेका छन ।

त्यसैगरी दुई जना शसस्त्र प्रहरीका कर्मचारीहरुमा पनि कोरोना पुष्टि भएको छ । यसैगरी पाटन नगरपालिकाका ३ जना, शिवनाथ गाउपालिका र मेलौली नगरपालिकाका एक एक जनामा संक्रमण पुष्टि भएको छ ।

अन्य १० जना दशरथचन्द नगरपालिकाका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा १ सय १८ जना कोरोनामा सक्रिय केसहरु रहेका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button