धनगढीमा एकैदिन थपिए १२७ जना कोरोना संक्रमित

धनगढी उपमहानगरपालिकामा एकैदिन १२७ जना कोरोना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ७३ पुरुष र ५४ महिला गरी धनगढीका १२७ जनामा संक्रमण पुस्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।
संक्रमितहरुको वडा भने अस्पतालले खुलाएको छैन। मंगलबार ३७० नमूना परीक्षण गर्दा १९७ जनामा संक्रमण पुस्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।