कृषि क्षेत्रको विकासमा २ करोड खर्च

सोलुखुम्बु-कृषि क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले २ करोड ४ लाख भन्दा बढि खर्चिएको छ । गत आर्थिक वर्ष २०७६-०७७ मा किवी जोन र अदुवा बेसार जोनमा परियोजन कार्यान्वयन इकाईले २ करोड ४ लाख ३५ हजार ५५१ रुपैयाँ खर्च गरेको हो ।
किवी जोन अन्तर्गत आएको १ करोड ४७ लाख ९५ हजार ५ सय बजेटमध्ये १ करोड ३६ लाख ४१ हजार ६४६ रुपैयाँ खर्च भएको छ भने ११ लाख ५३ हजार ८५४ रुपैयाँ बजेट फ्रिज भएको छ । त्यस्तै, अदुवा बेसार जोन अन्तर्गत आएको १ करोड २५ लाख १०५ बजेट मध्ये ६७ लाख ९३ हजार ९०५ रुपैयाँ खर्च भएको छ । उक्त कार्यक्रमको ५७ लाख ४६ हजार २ सय रुपैयाँ फ्रिज भएको छ ।
उधमशिलता तथा क्षमता अभिवृद्धि स्थलगत तालिम, जिल्लास्तरीय तालिम सञ्चालन, क्रप क्रटिङ, प्रधानमन्त्री कृषि रेडियो कार्यक्रम, किवी फलको बजारीकरण सहयोग, परियोजना प्रचार प्रसार सामग्री तयारी, मेला र महोत्सव सहयोग, आकस्मिक बाली संरक्षण, प्राङ्गारिक मल र जैविक मल प्रर्दशन, भकारो सुधार, सहभागितात्मक उन्नत प्रविधि प्रर्दशन स्थलगत तालिम, किवी नर्सरीका लागि स्किन हाउस निर्माण, प्रतिफलमा आधारित प्रोत्साहन अनुदान, सञ्चालक समितिको सञ्चालन तथा व्यवस्थापन, साना मेशिनरी औजार तथा उपकरण अनुदान, किवी बगैंचामा थाँक्रा सहयोग, साना सिँचाई निमार्ण तथा मर्मत सम्भारमा उक्त बजेट खर्च भएको हो । यसैबीच सोलुखुम्बुको फाप्लु विमानस्थल एक वर्षमा ८९ लाख ७४ हजार भन्दा बढी राजस्व संकलन गरेको छ ।
सोलुदूधकुण्ड नगरपालिका ४ स्थित फाप्लुमा रहेको विमानस्थलले आर्थिक वर्ष २०७६-०७७ मा ८९ लाख ७४ हजार ४६० रुपैयाँ राजस्व संकलन गरेको हो । ग्राउण्ड चार्ज, ल्याण्डिङ चार्ज, पार्किङ चार्ज, यात्रु सेवा चार्जलगायतका ६१ र्शिषकमा उक्त राजस्व संकलन गरिएको विमानस्थलका प्रमुख प्रकाश शर्माले बताए ।