आज पनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९० हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आजका लागि तेजावी सुनको मूल्य ९० हजार रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १३ सय पाँच रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।