गण्डकी प्रदेशः ‘फ्लोर क्रस’ हुने आशंकामा सांसदहरु एउटै होटलमा

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेस गरेका दलहरुले ‘फ्लोर क्रस’ हुने आशंकामा आफ्ना सांसदहरुलाई एकै ठाउँमा राखेका छन् ।

कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सांसदलाई सोमबारदेखि लेकसाइडका रिसोर्ट र होटलमा राखेकाे खबर कान्तिपुर दैनिकमा छ ।

सत्ता पक्षले प्रलोभनमा पार्न सक्ने भएकाले सांसदलाई होटलमा राखिएको ती पार्टीले जनाएका छन् ।

माओवादी केन्द्रका सांसद दीपक कोइरालाले भने टाढाबाट आउने सांसदलाई आउजाउमा समस्या हुने भएकाले होटलमा बस्ने व्यवस्था गरिएको बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button