मुख्यमन्त्री पौडेलद्वारा मन्त्रिपरिषद् विस्तार, आजै सपथ ग्रहण

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद विस्तार गरेका छन् ।
मुख्यमन्त्री पौडेलले केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री, सरेश नेपाललाई उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकासमन्त्री र डा. रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीका लागि सिफारिस गरेका उनी निकट स्रोतले जानकारी दिएको छ ।
नव नियुक्त मन्त्रीले आजै दिउँसाे ४ बजे पद तथा गोपनीयतको सपथ लिने भएका छन् ।