दुई दिनमा एक लाख बढीले उपत्यका छाडे, ७१ हजार भित्रिए

काठमाडौं । कोरोना संक्रमण बढेपछि काठमाडौं उपत्यकामा भोलिदेखि १५ दिनको लागि लकडाउन घोषणा गरिएको छ । भोलि विहान ६ बजेदेखि लागुहुने गरि उपत्यकामा लकडाउन हुँदैछ ।

काठमाडौं उपत्यकामा लकडाउन हुने भएपछि देशको विभिन्न भागबाट आएर राजधानी काठमाडौंमा विभिन्न पेशा व्यवसाय गरेर बसकेकाहरु गाउँ जाने क्रम तिव्र भएको छ । जिल्ला प्रशासन कार्यालयले गाउँ जानेहरुको लागि २ दिनको समय दिएपछि गाउँ जानेको संख्या ह्वातै बढेको हो ।

हिजो र र अस्ति गरि दुई दिनमा मात्र अहिलेसम्म उपत्यका छाड्नेको संख्या एक लाख २ हजार ७ सय ४७ जना रहेको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
अहिले उपत्यकाको विभिन्न नाकाबाट गाउँ जानेको संख्या बढी रहेको छ । भने अहिले गाडीमा जानको लागि टिकट पनि अभाव भएको छ ।

अधिकारीका अनुसार पहिलो दिन ५२ हजार १ सय ९० जनाले उपत्यका छाडेको छन् । भने दोस्रो दिन ५० हजार ५ सय ५७ जनाले उपत्यका छाडेका छन् । उपत्यका छाड्ने वा भित्रिनेको लागि प्रशासनले आजसम्मको लागि समय दिएको छ ।

त्यस्तै उपत्यका भित्रिनेको संख्या पनि बाक्लो रहेको छ । हिलो बेलुकासम्म उपत्यका आउनेको संख्या ७१ हजार रहेको ट्राफिक प्रहरीले जनाएकोा छ । पहिलो दिन ३९ हजार भित्रिएको र दोस्रो दिन ३२ हजार भित्रिएको अधिकारी बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button