अक्सिजन सिलिन्डर लगायत मालवस्तुमा कर छुट दिने निर्णय

सरकारले बिरामीले प्रयोग गर्ने अक्सिजन सिलिन्डरलगायत मालवस्तुमा कर छुट दिने निर्णय गरेको छ। कोरोना भाइरस महामारीको दोस्रो लहर तिव्र बनेका बेला पछिल्लो मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले आज अक्सिजन सिलिन्डर लगायतका माल वस्तुमा कर छुटको निर्णय भएको जानकारी दिए।

कोभिड संक्रमणलाई लक्षित गरेर यो निर्णय गरिएको मन्त्री गुरुङले बताए। कर छुटका निर्णयपछि अक्सिजन सिलिन्डर आयात गर्न सहज हुनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button