निषेधाज्ञाका कारण झण्डै १० लाखले काठमाडौं उपत्यका छाडे

काठमाडौं । काठमाडौं उपत्यका छोडेर गृह जिल्ला फर्किनेको चाप बुधबार पनि त्यतिकै रह्यो। मङ्गलबारको तुलनामा बुधबार बिहानदेखि नै गोंगबु नयाँ बसपार्कमा यात्रुको बाक्लो भीड देखिन्थ्यो।

यात्रुको चापसँगै सार्वजनिक यातायातका पर्याप्त सवारीसाधन नहुँदा सर्वसाधारणले निकै सास्ती भोग्नु परेको थियो। यातायात व्यवसायीले एक्कासी यात्रुको चाप बढेकाले सवारीसाधन व्यवस्था गर्न नसकिएको स्वीकारेका छन् ।

दशैँ र तिहारमा १०/१५ दिनअघि नै अग्रिम ‘टिकट बुकिङ’ खुल्ने भएकाले जिल्ला फर्किने यात्रुको विस्तृत सङ्ख्या मूल्याङ्कन गरी सवारीसाधनको व्यवस्था हुने गरेको बताइन्छ ।

कोरोना सम्झाउने भीड देखेर सुरक्षाकर्मी र यातायात व्यवसायीलाई नजिक जान समस्या देखिन्थ्यो तर मङ्गलबार बिहानदेखि लागेको यात्रुको चाप रातभर सवारीको जोरजाम गर्दा पनि नघटेको व्यवसायी बताउँछन् ।

उपत्यकामा चल्ने बससमेत बुकिङ गरी जिल्ला पठाइएको छ । वैशाख १६ गते बिहीबारबाट उपत्यकाको तीन जिल्लामा निषेधाज्ञा जारी भएको छ ।

महानगरीय ट्राफिक प्रहरी प्रवक्ता श्याम अधिकारीले दुई दिनमा झन्डै १० लाखको सङ्ख्यामा यात्रु फर्किएको अनुमान गरिएको छ । समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button