निषेधाज्ञाको समयमा पनि पेट्रोल पम्प खुलै रहने

काठमाडौं । नेपाल आयल निगमले निषेधाज्ञाको समयमा पनि उपत्यकाका पेट्रोल पम्प खुलै रहने जनाएको छ ।

बुधबार सूचना प्रकाशित गरी निगमले निषेधाज्ञाको समयमा पनि थानकोटस्थित निगमको क्षेत्रीय कार्यालय खुलै रहने र उपत्यकाका पेट्रोल पम्पहरु पनि खुला रहने स्पष्ट पारेको छ ।

उपत्यकाका तीनै जिल्लामा आज बिहानैदेखि १५ दिनका लागि निषेधाज्ञा लागू भएकाे छ । सो समयमा पनि एम्बुलेन्स, सुरक्षा, प्रेस, पानी, खाद्यान्न लगायतका अत्यावश्यक सावारी साधन सञ्चालन हुनेछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button