कर्णालीका तीन मन्त्रीले लिए पुनः सपथ

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका तीन मन्त्रीले बुधबार पुनः सपथ लिएका छन् ।
एमाले सांसदको हैसियतमा सपथ खाएका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, भौतिक पूर्वाधारमन्त्री अमरबहादुर थापा र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कोलौनीबाट पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएपछि एमालेले उनीहरुको सांसद पद खारेज गरेको थियो ।