दीपक मनाङे खेलकुद मन्त्रीमा नियुक्त, आजै सपथ लिदै

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
बिहीबार मुख्यमन्त्री गुरुङले स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका हुन् ।
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयलाई फुटाएर गुरुङलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरिएको हो ।
नवनियुक्त मन्त्री गुरुङले केहीबेरमा प्रदेश नीति तथा योजना आयोगको हलमा शपथ लिँदै छन् ।
हाल सात वटा मन्त्रालय रहेकोमा सामाजिक विकास मन्त्रालय फुटाएर गुरुङलाई मन्त्री बनाइएको हो ।