सुदूरपश्चिममा एकैदिन ११ जना कोरोना संक्रमितको मृत्यु

आज सुदूरपश्चिम प्रदेशमा एकैदिन ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलालीका ६, कञ्चनपुरका ४, अछाम र बझाङका एक एक जना गरी ११ जना संक्रमितको मृत्यु भएको हो ।

कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका ३ का ४५ वर्षीया महिला, कैलाली लम्कीचुहा २ का ३३ वर्षीय पुरुष, घोडाघोडी १० का ६० वर्षीय पुरुष,कैलालीको गोदावरी नगरपालिकाका ८७ बर्षीया महिला, घोडाघोडी नगरपालिका–१२ का २८ वर्षीय पुरुष र धनगढी उपमहानगरपालिकाका ४० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका १९ का २१ वर्षीय पुरुष, महाकाली नगरपालिकाका ३० वर्षीय पुरुष र भीमदत्त नगरपालिका १८ की ३६ वर्षीया एक महिलाको आजै मृत्यु भएको महाकाली अस्पतालले जनाएको छ ।

यस्तै अछाममा पनि कोरोनाका कारण एक वृद्धको मृत्यु भएको छ ।

जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका ५ कालिका बाहुन गाउँका ७७ वर्षीय लोगराज ढुङ्गानाको मृत्यु भएको हो । यस्तै कोरोना भाइरसको संक्रमणबाट बझाङमा पनि एक जनाको ज्यान गएको छ ।

जिल्ला अस्पतालमा उपचाररत मष्टा गाउँपालिका ५ का ५५ वर्षीय पुरुषको बिहीबार दिउँसो मृत्यु भएको स्वास्थ्य कार्यालय बझाङका काभिड सम्पर्क व्यक्ति नारायण जोशीले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button