आजदेखि उपत्यकाको निषेधाज्ञा थप कडा

काठमाडौं । बिहिबारबाट लागू गरिएको उपत्यकाको निषेधाज्ञा दोस्रो दिन आजदेखि थप कडा गर्ने प्रशासनले तयारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौले सरकारले लागू गरेको निषेधाज्ञा पूर्ण रुपमा कार्यान्वयन भएको जनाए पनि शुक्रबारदेखि थप प्रभावकारी बनाउन लागेको हो ।
निषेधाज्ञाको पहिलो दिन कार्यालय समयमा केहि भीड देखिएपनि समग्रमा निषेधाज्ञा पूर्ण रुपमा कार्यान्वयन भएको प्रशासन कार्यालयले जनाए पनि नियमानुसार पास नभएका थुप्रै नीजि तथा यात्रुबाहक सावरी साधनहरु चेकमा परेका थिए ।
उपत्यकाभित्रका ती सवारी साधनहरुलाई सडकमै होल्ड गरिएकाे थियाे । तर प्रहरीले राजमार्गमा होल्डमा परेका यात्रुहरुलाई सहजीकरण गर्दै गन्तव्य स्थलमा पुराइसकिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।
उनले कलंकी र बसपार्कमा पनि अलपत्र परेको यात्रु नभेटिएको भएपनि कोहि यात्रु अलपत्र परेको पाइए उद्धार गरिने जानकारी दिए । उनले शुक्रबारदेखि निषेधाज्ञालाई थप कडाई गरिने बताएका हुन् ।
त्यस्तै प्रशासन कार्यालयमा पासका लागि भिड भएको भन्दै उनले अत्यावश्यक कामका लागि प्रहरीले सहजीकरण गर्ने र पासका लागि प्रशासन कार्यालय आउन नपर्ने जानकारी दिए ।