कञ्चनपुरमा शुक्रवार ३ घण्टामा ४ सय बढी सवारी साधन कारवाहीमा

महेन्द्रनगर । कञ्चनपुरमा गरिएको लकडाउनको शुक्रवार दोस्रो दिन पनि फितलो भएको पाईएको छ ।
बिहान ६ बजे देखी ९ बजे सम्म तिन घण्टामा ४ सय भन्दा बढी सवारी साधनहरु नियन्त्रणमा लिईएको जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरले जनाएको छ ।
लकडाउन भएको बेलामा तरकारी किन्ने देखी विवाहमा जाने तथा मेडिकल जाने भनेर स्थानीयहरु बजारमा आउने गरेको जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरिक्षक केशव भटटले बताए ।
शुक्रवार बिहान देखी ४ सय भन्दा बढी सवारी साधनलाई होल्डिङ सेन्टरमा राखेर सम्झाईबुझाई गरी पठाइएको भएपनि अब देखी दिनभर होल्डिङ सेन्टरमा राख्ने उनले बताए ।
यस्तो महामारी फैलिएको अवस्थामा आमजनताले आफैले सुरक्षित हुनु पर्नेमा आफनो ज्यानलाई खतरामा हालेर जोखिम नबढाउन उनले आग्रह गरे ।