नवील बैंक र यूनाइटेड फाइनान्सबीच मर्जरका लागि समझदारीपत्रमा हस्ताक्षर
काठमाडौं । नवील बैंक र यूनाइटेड फाइनान्सबीच मर्जरका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । आज नवील बैंकले यूनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
नवील बैंकको तर्फबाट मर्जर कमिटीका संयोजक उदयकृष्ण उपाध्याय र यूनाइटेड फाइनान्सका तर्फबाट मर्जर कमिटी सदस्य मनिष खेम्काले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
नवील बैंकको मुख्य कार्यालयमा आयोजित कार्यक्रमबीच एमओयूमा हस्ताक्षर गर्ने कार्यक्रम सम्पन्न भएको हो। सर्वसाधारणको लगानी भएको पहिलो बैंक नबिलले मर्जरका लागि पछिल्लो समय पार्टनर खोज्दै आएको थियो।
स्रोतका अनुसार सेयर स्वाप रेसियो १००ः३५ हुने गरी सहमति भएको छ । अर्थात प्राप्ति पछि १०० कित्ता युनाइटेडको सेयर बराबर नबिलको ३५ कित्ता सेयर हुनेछ ।