हवाई उडान र लामो दूरीका यातायात भदौ १ बाट नचल्ने

काठमाडौं । सरकारले लामो दुरीका यातयात भदौ १६ पछि मात्रै खुला गर्ने निर्णय गरेको छ।

यसअघि भदौं १ बाट लामो दुरीका यातयात सञ्चालनमा आउने भनिएपनि कोरोना महामारीको जोखिम बढेका कारण सरकारले भदौ १६ पछि मात्रै खोल्ने निर्णय गरेको हो। यस्तै, हवाई उडान पनि भदौ १६ पछि मात्रै खुल्ने छ।

बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद बैठकले कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को सिफारिसअनुसार १ भदौबाट खुला गर्ने भनिएको क्षेत्र थप १५ दिन नखोल्ने निर्णय गरेको हो।

बैठकले भारतबाट आउने नेपालीहरुका लागि तोकिएको प्रवेश बिन्दु २० बाट १० मा झारेको छ भने अन्यत्रबाट आउनेहरुलाई पूर्ण रुपमा निशेष गर्ने निर्णय गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button