आज हालसम्मकै धेरै कोरोना संक्रमित फेला

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। १४ हजार ९६९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
दैनिक संक्रमित भेटिनेमा यो संख्या हालसम्मकै धेरै हो। यसअघि गत कार्तिक ५ गते ५,७४३ जनामा सङ्क्रमण पुष्टि भएको थियो। योसँगै संक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ।
पछिल्लो २४ घण्टामा नेपालमा थप १९ जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्ंया ३ हजार २९८ पुगेको। आज थपिएका मध्येकाठमाडौं उपत्यकामा मात्रै २४९५ कोरोना संक्रमित छन्।
मन्त्रालयका अनुसार काठमाडौंमा १९३२, भक्तपुरमा २०८ र ललितपुरमा ३५५ गरी २४९५ कोरोना संक्रमित थपिएका हुन्।