पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनाललाई कोरोना संक्रमण भएको छ। पारिवारिक स्रोतका अनुसार नेता खनालाई पखाला लागेपछि मनमोहन अस्पताल भर्ना भएका थिए।
पीसीआर परीक्षणमा कोरोना पुष्टि भएपछि उनी हाल नर्भिक अस्पताल भर्ना भएका छन्। खनालको अवस्था सामान्य रहेको बताइएको छ। खनाललाई केही समयदेखि नै मृर्गौलामा समस्या थियो।
उनको यसअघि प्रोस्टेटको शल्यक्रिया गरिएको थियो। यसैबीच, एमालेका अर्का नेता मोदनाथ प्रश्रितलाई संक्रमण भएको स्रोतले जनाएको छ।
यसअघि कोरोना संक्रमण पुष्टि भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल पनि नर्भिक अस्पतालमा उपचाररत छन्। प्लाज्मा थेरापी गरिएकी कोमलको अवस्था अहिले सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।