बैतडीका थप ३१ जनामा कोरोना पुष्टि

बैतडीमा शनिबार थप ३१ जनामा कोरोना पुष्टि भएको छ। एन्टीजेन परीक्षणबाट दुई जना र पीसीआर परीक्षणबाट २९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

एन्टीजेन विधिबाट परीक्षण गर्दा दशरचन्द नगरपालिका १ गुरुखोला २९ र ४३ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । यस्तै पीसीआर विधिबाट परीक्षण गर्दा दशरथचन्द नगरपालिकाका २४, मेलौली नगरपालिकाका २, सुर्नया गाउँपालिकाका ३, पाटन नगरपालिका र दोगडाकेदार गाउँपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको हो ।

शनिबार थप ३१ जनामा कोरोना पुष्टि भएसंगै बैतडीमा सक्रिय संक्रमितको संख्या १८७ पुगेको छ । सक्रिय संक्रमित मध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा १०५ जना रहेका छन् भने पाटन नगरपालिकामा २८ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै मेलौली नगरपालिकामा १४ र पुर्चौंडी नगरपालिकामा २२ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै दोगडाकेदार गाउँपालिकामा ८, सुर्नया र पञ्चेश्वर गाउँपालिकामा ४÷४ र सिगास र शिवनाथ गाउँपालिकामा १÷१ जना सक्रिय संक्रमित रहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button