डोटीमा घर भत्किँदा एकै परिवारका ४ जनाको मृत्यु

काठमाडाैं । डोटीमा घर भत्किँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते छन् ।

जिल्लाको आदर्श गाउँपालिका–१, बाँझककानी खलगडाका लोगे बिकको घर भत्किँदा ४ जनाको मृत्यु भएको हो ।

घटनामा लोगेकी श्रीमती, २ दुई छोरी र एक छोराको मृत्यु भएको छ । त्यस्तै, लोगेकी आमा र छोरी घाइते भएका छन् ।

पाहुना लाग्न आएकी उनको सासू र साला पनि घाइते भएको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button