बैतडीबाट रेफर गरिएका एक कोरोना संक्रमितको धनगढीमा मृत्यु

बैतडी / कोरोना संक्रमणका कारण श्वासप्रश्वासमा समस्या आएपछि सेती प्रादेशिक अस्पतालमा उपचाररत एक ३२ बर्षीय युवकको ज्यान गएको छ ।

बैतडीको एक निर्माण कम्पनीमा काम गर्ने कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं १८ ती पुरुषको शनिबार मृत्यु भएको हो ।

जिल्ला अस्पताल बैतडीले गएको वैशाख ४ गते ती पुरुषलाई उपचारका लागि धनगढी रेफर गरेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । पछिल्लो समयमा बैतडीमा कोरोना संक्रमणदर बढ्दै गएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button