पत्रकारलाई निषेधाज्ञामा रिपोर्टिङ गर्न सुचना विभागको पास अनिवार्य

काठमाडौं । अब पत्रकारलाई निषेधाज्ञामा रिपोर्टिङ गर्नका लागि सुचना विभागको पास अनिवार्य चाहिने भएको छ।

आज बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले जारी गरेको निषेधाज्ञामा पत्रकारलाई थप कडाइ गर्दै सुचना विभागको पासलाई मात्रै मान्य हुने निर्णय गरेको हो।

यसअघि कुनै पनि मिडिया हाउसको आइडी कार्ड प्रयोग गर्न पाइने व्यवस्था गरिएको थियो। तर आज बसेको उक्त बैठकले पत्रकारहरुलाई थप कडाई गर्दै सो निर्णय गरेको हो।

बैठकले काठमाडौं उपत्यकाको हकमा सूचना तथा प्रसारण विभागबाट र अन्य जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पास मान्य हुने निर्णय गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button