सीसीएमसीले सिफारिस गरेको थप प्रतिबन्धबारे छलफल गर्न आज मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन ।

कोरोना भाइरसको महामारी फैलंदै जाँदा सीसीएमसीले सिफारिस गरेको थप प्रतिबन्धबारे आवश्यक छलफल गर्न प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक बोलाएका हुन ।

बैठक आज अपराह्न ४ बजे बालुवाटारमा बस्दै छ । बैठकमा कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रीत गर्न सरकारले थप निर्णय गर्ने तयारी गरेको एक मन्त्रीले जानकारी दिए ।

सीसीएमसीको शुक्रबार बसेको बैठकले आन्तरिक र बाह्य उडान बन्द गर्नेदेखि भारतसँगको सीमा नाका बन्द गर्नेसम्मको सिफारिस गरेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button