नेकपा एमालेको १०औं महाधिवेशन कार्यतालिका सार्वजनिक, नेपाल–खनाल पक्षको असहमति
वैशाख ६, १० र १२ गते महाधिवेशन आयोजक कमिटीको बैठक बसेको थियो। उक्त बैठकले गरेका निर्णय अन्तरपार्टी निर्देशनमार्फत सार्वजनिक गरिएका हुन्। अन्तरपार्टी निर्देशनमा महाधिवेश कार्यतालिका उल्लेख गरिएको छ।
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशनमा वडादेखि केन्द्रसम्मको अधिवेशनको मिति तय गरिएको छ।
सार्वजनिक भएको महाधिवेशन कार्यतालिका अनुसार वडा अधिवेशन भदौ ५ गते, पालिका अधिवेशन भदौ १५ गते, जिल्ला अधिवेशन भदौ ३० गते र भदौ २३ गते प्रदेश अधिवेशन सम्पन्न गरिसक्नु पर्नेछ ।
नेकपा एमालेको ओली खेमाले एकपक्षीय रुपमा पार्टीको महाधिवेशन घोषणा गरेकोप्रति वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल पक्षले भने असहमति जनाउँदै आएको छ। पार्टीभित्रको विवादले एमाले फुटको निकट पुगेको छ। नेपाल–खनाल पक्षले पार्टीका समानान्तर गतिविधि कायमै राखेका छन्।