एमाले स्थायी कमिटीको बैठकमा के भयो छलफल ? विज्ञप्तीसहित

काठमाण्डौ । नेकपा एमालेको आकस्मिक रुपमा बसेको स्थायी कमिटीको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति बैठकमा लुम्बिनी प्रदेशलगायतका बारेमा स्थायी समिति सदस्यहरुलाई ब्रिफिङ गरेका छन् ।
कोरोना रोकथाम तथा नियन्त्रणका विषयमा पार्टी पङ्क्तिलाई परिचालन गर्ने बैठकले निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।
कोभिड उपचारका लागि आवश्यक शैयाहरु, अक्सिजन, खोप उपकरण लगायतका तत्काल प्रवन्ध गर्न र अन्य तयारीको लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको उनले बताए ।