सर्वोच्चले जसपाका निलम्बित सांसदको निवेदन दर्ता गर्न मानेन

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेशका सांसदहरुको रिट निवेदन फिर्ता पठाएको छ । आफूहरुलाई पार्टीले कारबाही गरेको भन्दै रिट हाल्न अदालत पुगेका सांसदहरुको रिट सर्वोच्चले दर्ता गर्न नमानेको हो ।

सर्वोच्चले कोभिडको कारण देखाउँदै उनीहरुको रिट दर्ता गर्न नमानेको हो । काठमाडौं उपत्यकामा निषेधाज्ञा रहेकाले अत्यावश्यक निवेदन मात्र दर्ता गर्ने भन्दै उनीहरुको निवेदन निषेधाज्ञा हटेपछि दर्ता गर्ने जनाएको छ । उनीहरु रिट लिएर सर्वोच्च पुगेका थिए ।

निलम्वित सांसदहरु सन्तोष कुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेय रिट लिएर सर्वोच्च पुगेका थिए ।

सर्वोचचको पूर्ण बैठकले वैशाख ३१ गतेसम्म अत्यावश्यक विषयबाहेकब रिट निवेदन नलिने निर्णय यस अगाडि नै गरिसकेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button