एमाले लुम्बिनीका तीन सांसदले दिए राजीनामा

लुम्बिनी प्रदेशमा शंकर पोखरेल पुन: मुख्यमन्त्री नियुक्त भएपछि नेकपा एमालेका तीन जना सांसदले राजीनामा दिएका छन् ।
एमालेबाट सूर्य चुनाव चिन्हमा चुनाव लडेका हृदयश त्रिपाठी निकट सांसदहरू दुगनारायण पाण्डे, धर्मबहादुरलाल श्रीवास्तव र अजय शाहीले राजीनामा दिएको सांसद पाण्डेले बताए ।