भाजपालाई ममता बेनर्जीको झट्का, पश्चिम बंगालको निर्वाचनमा त्रिनमुल कांग्रेसको बहुमत

पश्चिम बंगालको निर्वाचनमा भारतीय जनता पार्टीले ममता बेनर्जीको त्रिनमुल कांग्रेससँग पराजय बेहोरेको छ ।
२ सय ९२ सिटका लागि भएको निर्वाचनमा बेनर्जीको पार्टीले बहुमत प्राप्त गरेको हो । उसले २ सय २ मत प्राप्त गरेको छ भने भाजपाले ८५ सिट ल्याएको छ । मतगणना अझै जारी छ ।
आफ्नो बहुमत आएपछि त्रिनमुल कांग्रेसका सचिव पर्था चटर्जीले बेर्नजीको खिल्ली उडाएका मोदीले गतिलो जवाफ पाएको प्रतिक्रिया दिएका छन् । ‘चुनावी सभामा मोदीले खुबै खिल्ली उडाएका थिए । उनको झुटो वाचामा बेंगाली जनता नफसेको प्रमाण पनि हो यो,’ चटर्जीले भनेका छन् ।
विगतमा एकै चरणमा चुनाव हुने पश्चिम बंगालमा यस पटक आठ चरणमा निर्वाचन भएको थियो । गृहमन्त्री अमित शाह पश्चिम बंगालमा नै केन्द्रित थिए । भाजपाले त्यहाँको निर्वाचनलाई प्रतिष्ठाको विषय बनाएको थियो ।