लुम्बिनीमा नयाँ सरकार गठन गर्न ४२ सांसदले बुझाए हस्ताक्षर (सूचीसहित)

नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसँग बुझाइएको निवेदनमा बिपक्षी दलका ४२ सांसदको हस्ताक्षर छ। ८० सांसद रहेको प्रदेशसभामा ४२ सांसदले नयाँ सरकार गठनका लागि नामावलीसहित हस्ताक्षर बुझाएका हुन।
आजै मात्रै राजीनामा दिएर फेरि बहुमत रहेको दाबी सहित पोखरेल मुख्यमन्त्री नियुक्त भएपछि ४२ सांसदले बुझाएको हस्ताक्षरपछिको घटनाक्रमलाई चासोका साथ हेरिएको छ।


