काठमाडौं उपत्यकामा थप ३ हजार ५९५ जना कोरोना पुष्टि

काठमाडौं उपत्यकामा थप ३ हजार ५९५ जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३ हजार ५९५ जना कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार काठमाडौंमा २७४४, ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जनामा कोरोना पुष्टि भएको छ ।

आइतबार देशभर ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button