बैतडीमा भोली देखि जेठ २ गते सम्म लकडाउन

बैतडीमा भोली देखि लागु हुने गरी जेठ २ गते सम्मको लागि लकडाउन गरिने भएको छ ।
आज बसेको जिल्ला कोरोना ब्यवस्थापन केन्द्र (डिसीसीएमसी)को बैठकले भोली देखि लागु हुने गरी जेठ २ गते सम्म लकडाउन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो ।
अत्यावश्यक सेवा बाहेक यातायातका साधनहरु पनि रहने छन । प्रत्येकदिन बिहान ७ बजे देखि १० बजे सम्म खाद्यान्नका पसलहरु खुला रहने निर्णय भएकोले लकडाउनलाई कडाईकासाथ लागु गरिने प्रजिअ पाण्डेले बताउनुभयो । लकडाउनको समयमा एम्बुलेन्स सेवा तथा औषधी पसलहरु सञ्चालनमा आउने छन भने यि बाहेक सबै सेवा बन्द रहेने बताइएको छ ।