लुम्बिनीमा प्रहरी र सांसदबीच घम्साघम्सी !

काठमाडौं । लुम्बिनी प्रदेशमा यतिबेला राजनीतिक सरगर्मी बढेको छ । प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेललाई नियुक्ति गरिएको भन्दै विपक्षी गठबन्धनका नेताहरुले आपत्ति जनाएका छन् ।

यसबीच अहिले विपक्ष गठबन्धनका सांसद र प्रहरीबीच मुख्यमन्त्री कार्यालय अगाडि भनाभन भएको छ । सार्वजनिक भएको भिडियोमा केहि महिला सांसदहरु निकै कडा रुपमा प्रहरीसँग रिसाएका देखिएका छन् । एक महिला आफुलाई हात हालेको भन्दै प्रहरीसँग रिस पोखेका छन् । आफुमाथि हातपात भएको भन्दै उनले भिडियोमा भनेकी छिन्- ‘महिला भएर महिलाको अधिकार नबुझ्ने ?’

विपक्षी दलहरूको धर्नाका बाबजुद शंकर पोखरेललाई मुख्यमन्त्रीको सपथ खुवाउन प्रदेश प्रमुख धर्मनाथ यादव आइतबार साँझ मुख्यमन्त्रीको निवासतर्फ प्रस्थान गरेका छन् । सेना, प्रहरीको सुरक्षा घेरामा रहेर उनी मुख्यमन्त्रीको सपथका लागि मुख्यमन्त्री निवास प्रस्थान गरेका हुन् ।

दिउँसोदेखि विपक्षी दलका सांसदहरु आफूसँग बहुमत रहेको दावी गर्दै प्रदेश प्रमुखको निवासमा धर्ना दिइरहे पनि साँझ ठुलो संख्यामा सुरक्षाकर्मी बोलाएर प्रदेश प्रमुखलाई मुख्यमन्त्रीको निवास लगिएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button