भारतमा कोरोना संक्रमितको संख्या झण्डै २ करोड पुग्यो, २ लाख १८ हजार बढी नयाँ संक्रमित थपिए

एजेन्सी । भारतमा कोरोना संक्रमितको संख्या बढ्ने क्रम जारी छ । पछिल्लो २४ घण्टामा ३ लाख ७० हजार ५९ जना नयाँ कोरोना संक्रमित थपिएका छन । त्यस्तै मृत्यु दर पनि निकै उच्च देखिएको छ ।

कोरोनाका कारण पछिल्लो २४ घण्टामा ३ हजार ४२२ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म भारतमा कुल संक्रमितको संख्या १ करोड ९९ लाख १९ हजार ७१५ पुगेको छ ।

त्यस्तै कुल मृतकको संख्या २ लाख १८ हजार ९४५ पुगेको छ । त्यहाँ अहिले पनि ३४ लाख १९ हजार ३२ जना सक्रिय संक्रमित रहेका छन । त्यसैगरी कोरोना संक्रमणले अधिक प्रभावित मुलुक अमेरिकामा पछिल्लो २४ घण्टामा २९ हजार ६९९ जना नयाँ संक्रमित थपिएका छन ।

जसअनुसार हालसम्म कुल संक्रमितको संख्या ३ करोड ३१ लाख ७९ हजार ४३९ पुगेको छ । त्यस्तै थप ३१२ जनाको मृत्यु भएको छ ।हालसम्म मृत्यु हुनेको कुल संख्या ५ लाख ९१ हजार ६२ पुगेको छ । त्यसैगरी ब्राजिलमा २८ हजार ९३५ जना नयाँ संक्रमित थपिएका छन ।

जसअनुसार हालसम्म त्यहाँ कुल संक्रमितको संख्या १ करोड ४७ लाख ५४ हजार ९१० जना पुगेको छ । त्यस्तै थप १ हजार २२० जनाको मृत्यु भएको छ । ब्राजिलमा हालसम्म मृत्यु हुनेको कुल संख्या ४ लाख ७ हजार ७७५ पुगेको वर्ल्डोमिटरले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button