ओलीले विश्वासको मत लिने भएपछि देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं, २० वैशाख । नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।

बैठक दिउँसो दुई बजे सभापति देउवाको निवास बुढानीलकण्ठमा बोलाइएको छ । सभापति देउवाका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्रीले विश्वासको मत लिने निर्णय गरेपछि बैठक बोलाएको जानकारी दिए । प्रधानमन्त्री ओलीले २७ वैशाखमा विश्वासको मत लिदैंछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button