निषेधाज्ञामा थप कडाई गरिने : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमणको चेन ब्रेकका लागि जारी निषेधाज्ञामा थप कडाइ गरिने बताएका छन्।

सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशका विभिन्न जिल्लामा जारी निषेधाज्ञामा थप कडाइ गरिने बताएका हुन्।

प्रधानमन्त्री ओलीले भनेका छन्, ‘महामारी नियन्त्रणका लागि सबै संयन्त्र परिचालन भएका छन्। एक हदसम्म लकडाउन गर्नपर्छ भन्ने सुझावका आधारमा निषेधाज्ञा थप कडा बनाइँदै छ’।

हाल कोरोना भाइरसको संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि भनेर ४१ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button