भोकमरीबाट कसैलाई मर्न दिँदैनौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न आग्रह गरेका छन्।
सरकारले जारी गरेको निषेधाज्ञाका कारण विभिन्न क्षेत्रमा परेको प्रभावबारे सरकार जानकार रहेको बताउँदै प्रधानमन्त्री ओलीले सरकार समस्या समाधानका लागि लागिपरेको बताए।
कोराना महामारीबारे चिकित्सक विज्ञका कुरा सुन्न पनि प्रधानमन्त्री अोलीले आग्रह गरे। भोकका कारण कसैलाई मर्न नदिने प्रधानमन्त्री ओलीले बताए।
नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व भएको बताउँदै प्रधानमन्त्री ओलीले महामारीबाट बच्न नागरिक स्वंय पनि सचेत बन्नुपर्नेमा जोड दिए।