मन्त्रिपरिषद् बैठक : गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख फेरिए

काठमाडौं । मन्त्रिपरिषद बैठकले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख फेर्ने निर्णय गरेको छ । जारी बैठकले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।
स्रोतका अनुसार गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्न बालुवाटारमा जारी बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
उनीहरू दुवैजना माओवादी केन्द्रनिकट हुन् । मन्त्रिपरिषद् बैठकले गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई नियुक्तको सिफारिस गरेको हो ।
नवनियुक्त प्रदेश प्रमुखको केहीबेरमा राष्ट्रपति भवन शीतल निवासमा सपथ ग्रहणको कार्यक्रम रहेको बताइएको छ ।