डडेल्धुराका थप एकजना कोरोना संक्रमितको मृत्यु

डडेल्धुराका थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको आलिताल गाउँपालिका–६ की २५ वर्षीया युवतीको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । उनको आइतबार साँझ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दीलिप कुमार श्रेष्ठले बताए ।